KhabarUjyalo

आजको मौसम : हावाहुरी चट्याङसहित वर्षा

११ जेष्ठ २०८०, बिहीबार
आजको मौसम : हावाहुरी चट्याङसहित वर्षा

काठमाडौँ । पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ ।

यस्तैगरी, आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo