KhabarUjyalo

अब अत्तरिया हस्पिटलमा नाक कान तथा घाँटी सम्बन्धि रोगको दुर्बिन प्रबिधिबाट उपचार !

८ जेष्ठ २०८०, सोमबार
अब अत्तरिया हस्पिटलमा नाक कान तथा घाँटी सम्बन्धि रोगको दुर्बिन प्रबिधिबाट उपचार !

धनगढी। कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटल प्रालिले अब नाक, कान र घाँटीको रोग दुर्बिन प्रबिधिबाट उपचार गर्ने गरि सेवा सुरु गरेको छ । अत्तरिया हस्पिटलले हरेक दिन विहान ८ बजेदेखि वेलुका ५ वजेसम्म ती सेवा दिने भएको हो ।

अनुभवी नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. डा.दिपक कार्कीले अबदेखि हस्पिटलबाट सेवा दिन थालेको अत्तरिया हस्पिटलका कार्यकारी निर्देशक डिल्लीराज पाठकले जानकारी दिए । 

उनका अनुसार अत्तरियाबाटै नाक, कान र घाँटीका रोगीहरुलाई लाभ दिने उदेश्यले सेवा विस्तार गरिएको जनाए । सोमबार सेवा विस्तार गर्दै नाक, कान र घाँटीका विरामीको दुर्बिन प्रबिधिबाट उपचार गरिएको जानकारी दिए ।

हस्पिटलले नाक सम्बन्धि साईनुसाईटीस, लामो समय देखिको पिनास, नाक भित्र मासु पलाएको, स्वाद तथा गन्ध थाहा नपाउने, एलर्जी, र कान सम्बन्धि कान पाकेको, लामो समय देखि पिप बगि रहने, कान नसुन्ने, कानभित्र मासु तथा हड्डी पलाएको समस्या र कानको जाली फुटेको उपचार पनि सुरु भएको हस्पिटलले जनाएको छ ।

त्यस्तै घाँटीसम्बन्धि टन्सिल, थाईराईड ग्रन्थी सम्बन्धि लगायतरोगको उपचार हुने हस्पिटलले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo