KhabarUjyalo

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न नेता नैनसिंहको आग्रह

९ जेष्ठ २०७९, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न नेता नैनसिंहको आग्रह

काठमाडाैं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्।

उपभोक्ता मञ्चले बढ्दो महँगीका विषयमा सोमवार आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेको बताएका छन्। ‘सरकारको काम व्यापार गरेर नाफा खाने मात्र होइन, समस्यामा परेका बेला कल्याणकारी भावना राखेर जनतालाई सहुलियत दिनु पनि हो,’ उनले भने, ’पेट्रोलियम पदार्थमा लगाइएको ट्याक्स मात्रै खारेज गर्न सके आकासिएको मूल्यवृद्धिमा स्वतः गिरावट आउने छ।’

अहिले बढेको मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८०० पुगेको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo