डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेसले खाता खोलेको छ । देउवाको गृहपालिकासमेत रहेको गन्यापधुरा ४ मा वडाध्यक्षसहितको प्यानल विजय भएको हो ।
नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार भट्टले १ हजार २९ मतमध्येमा मत ल्याएर प्यानलसहित विजय भएका छन् । कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार भट्ट ६ सय २४ मतले विजय भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लोगराज भट्टले १ सय ८४ मत ल्याएका छन् । माओवादी केन्द्रकी अहिल्या कुवरले १ सय ४९ मत ल्याएकी छन् । घोषणा गर्न बाकी रहेको छ ।
उक्त पालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै अग्रता रहेको छ ।
भट्ट कांग्रेस डडेल्धुरा जिल्ला सदस्य समेत हुन् ।