डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै उम्मेदवारले फराकिलो मतान्तरले अग्रता लिएको छ ।
२ हजार ३ मत गणना गर्दा कांग्रेसबाट इन्द्र कार्कीले १ हजार ३१ मत, बिपी कांग्रेसले सुरेन्द्र मालीले ४ सय ८१ मत, एकीकृत समाजवादीबाट नर बहादुर बिष्टले १ सय ६३ मत,राष्ट्रिय जनमोर्चाका टंक अवस्थीले २० मत र राप्रपाका कृष्ण देव भट्टले ४ मत ल्याएका छन्
उपाध्यक्षमा कांग्रेसकी ज्ञानु सेठी देउवाले ९ सय ८९ मत, एमालेका इन्द्र महराले ५ सय २ मत, माओवादी केन्द्रका चन्द्र बहादुर मल्लले २ सय ७७ मत ल्याएका छन् ।
यस्तै वडाध्यक्षमा १ मा वीपी कांग्रेसले अग्रता लिएको छ भने २,३ र ४ मा कांग्रेस अग्रता छ । वडा नम्बर ५ को मतगणना गर्न बाकी रहेको छ।
यस्तै वडानम्बर १ को वडाध्यक्षमा ६ सय मतगणना गर्दा कांग्रेसका उम्मेदवार चन्द्र प्रकाश देउवाले २ सय ४७ मत , वीपी कांग्रेसका नरेन्द्र भण्डारीले २ सय ५१ सय मत र एकीकृत समाजवादीका रामचन्द्र जोशीले ४१ मत ल्याएका छन् । वडानम्बर २ को वडाध्यक्षमा ५ सय ३ मतगणना गर्दा कांग्रेसका उम्मेदवार मनोज देउवाले १७५ मत, वीपी कांग्रेस उम्मेदवार रमेश मालीले १४४ मत र एकीकृत समाजवादीका लक्ष्मी भण्डारीले १४९ मत ल्याएका छन् ।
वडा नम्बर ३ को वडाध्यक्षमा ४०० मतगणना गर्दा कांग्रेसका उम्मेदवार चक्र देउवाले २ सय ४ मत , एमालेबाट पुष्कर देउवाले ९४ मत र माओवादी केन्द्र गणेश बहादुर सार्कीले ६० मत ल्याएका छन् ।
यस्तै ४ को वडाध्यक्षमा ६ सय मतगणना गर्दा कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार भट्ट ३ सय ७० मत, एमालेका उम्मेदवार लोगराज भट्ट १ सय १ र माओवादी केन्द्रकी अहिल्या कुवरले ९७ मत ल्याएकी छन् ।