९ जेष्ठ २०७९, सोमबार

प्रधानमन्त्री देउवाको गृह पालिकामा मतगणना सुरु

३० बैशाख २०७९, शुक्रबार
[Sassy_Social_Share]
प्रधानमन्त्री देउवाको गृह पालिकामा मतगणना सुरु

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकामा गाउँपालिकामा मतगणना सुरू भएको छ।

मतदान अधिकृत शिवप्रसाद रेग्मीका अनुसार १ नम्बर वडा देखि ४ नम्बर वडाको मतगणना एकैसाथ १ बजे देखि सुरु भएको जानकारी दिए । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकामा कुल १० हजार ४ सय १४ मतदाता संख्यामा ६ हजार ६ सय ३४ मत खसेको छ ।

गाउँपालिकाको अध्यक्षका लागि कांग्रेसबाट इन्द्र कार्की, माओवादी केन्द्र- एकीकृत समाजवादीबाट नर बहादुर बिष्ट, एमाले-बिपी कांग्रेसबाट सुरेन्द्र माली, राष्ट्रिय जनमोर्चाबाट टंक अवस्थी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कृष्ण देव भट्ट प्रतिस्पर्धामा रहेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo