डडेल्धुरा :प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा ६३.७० प्रतिशत मत खसेको छ ।
मतदान अधिकृत शिवप्रसाद रेग्मीका अनुसार गन्यापधुरा गाउँपालिकामा १० हजार ४ सय १४ मतमध्ये ६ हजार ६ सय ३४ मत खसेको छ ।
वडा नम्बर १ मा सरस्वती मावि भत्काडाको मतदान केन्द्रमा ६८८ मतमध्ये ५०४ , असिग्राम मावि रुवाखोलाको मतदान केन्द्रमा मत मध्ये ९५९ मत, वडा नम्बर २ मा गणेश मावी वडालको मतदान केन्द्रमा १६२८ मतमध्ये १०२९ मत, भुवनेश्वरी आधारभुत विद्यालय चम्सालको मतदान केन्द्रमा ९३२ मत मध्ये ५३३ मत, वडा नम्बर ३ मा आदित्य आधारभुत नवलपुरको मतदान केन्द्रमा ११ सय ४४ मतमध्ये ६९३ मत, जनता मावि सकायलको मतदान केन्द्रमा १ हजार २१ मतमध्ये ६४६ मत, समैजी आधारभुत विद्यालयको मतदान केन्द्रमा ४२३ मतमध्ये २७६ मत खसेको छ ।
यस्तै वडा नम्बर ४ मा लाटामाण्डौ आधारभुत बिद्यालय रुमाइलको मतदान केन्द्रमा ८२८ मतमध्ये ५७५ मत, भुवनेश्वरी मावी जैसराको मतदान केन्द्रमा ७२४ मतमध्ये ४५४ मत, वडा नम्बर ५ मा दुर्गा आधारभुत विद्यालय मोई कोरालको मतदान केन्द्रमा ४६७ मतमध्ये २९४ मत र सिताराम मावी रेलको मतदान केन्द्रमा १ हजार १५ मतमध्ये ६७१ मत खसेको छ ।
गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट इन्द्र कार्की, माओवादी केन्द्र- एकीकृत समाजवादीबाट नर बहादुर बिष्ट, एमाले-बिपी कांग्रेसबाट सुरेन्द्र माली, राष्ट्रिय जनमोर्चाबाट टंक अवस्थी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कृष्ण देव भट्ट उम्मेदवार रहेका छन् ।