KhabarUjyalo

गौरीफन्टा नाकाबाट भित्रिएका तीन जनामा कोरोना संक्रमण पुष्टि

१५ बैशाख २०८०, शुक्रबार
गौरीफन्टा नाकाबाट भित्रिएका तीन जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नाकामा गरिएको कोरोना परिक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीकाअनुसार सीमा नाकाबाट भित्रिएका १९१ जनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गरिएकोमा १८८ नमूनाको नतिजा भने नेगेटिभ आएको छ ।

शुक्रबार संक्रमण पुष्टि भएका तीनजना कैलालीका भएको स्वास्थ्य निर्देशनालले जनाएको छ । शुक्रबार प्रदेशभर २७४ नमूनाको कोरोना परिक्षण गरिएको छ । जसमा तीन कोरोना संक्रमित थपिएकोमा तीन जना निकाे भएका छन् । हाल प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ७९ रहेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo