KhabarUjyalo

सोमबार १ सय १३ जनामा काेराेना सङ्क्रमण

११ बैशाख २०८०, सोमबार
सोमबार १ सय १३ जनामा काेराेना सङ्क्रमण

काठमाडौ : पछिल्लो २४ घण्टामा एक सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार आठ सय १० जनाको नमुना परीक्षण गर्दा एक सय १३ जनामा कोरोना सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा ७२ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन सय ६२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको  छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितमध्ये २९ जना संस्थागत आइसोलेशन, चार जना सघन उपचार कक्ष (आईसीयू) मा र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo