KhabarUjyalo

टिकटकमा भाइरल बन्यो निशान र अस्मिताको नयाँ गीत ‘मेसो मिलाएर’

२८ चैत्र २०७९, मंगलवार
टिकटकमा भाइरल बन्यो निशान र अस्मिताको नयाँ गीत ‘मेसो मिलाएर’

धनगढी । निशान भट्टराई र अस्मिता अधिकारीको ‘मेसो मिलाएर’ बोलको नयाँ गीतले टिकटकमा चर्चा पाएको छ । उक्त गीतमा संगीत संगीतकार अर्जुन पोखरेलको रहेको छ भने शब्द दिग्गज धौरालीको रहेको छ ।

रोमान्टिक रहेको उक्त गीत लाखौंले टिकटक भिडियो बनाएका छन् । भने युट्युवमा ९ लाख बढीले हेरेका छन् । ‘मेसो मिलाएर’ गीत डेढ महिना अगाडी युट्युव च्यानल ‘द् डिभाइन म्युजिक’ बाट सार्वजनिक भएको थियो ।

गीतले युवायूवती बीचको प्रेम वार्तालापलाई प्रस्तुत गरेको छ । माइकल चन्दको निर्देशन रहेको भिडियोमा अभिनेता राज कटुवाल र अभिनेत्री श्रद्धा क्षेत्रीको प्रेम र रोमान्स देखाइएको छ । भिडियोमा बेगबहादुर क्षेत्री, सुन्दर कार्की र दीपा थापा कार्कीकोसमेत अभिनय रहेको छ ।

म्युजिक भिडियो उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन रहेका छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo