KhabarUjyalo

कैलालीमा हाइस र जीप एक आपसमा ठोक्कीएर दुर्घटना

५ बैशाख २०७८, आईतवार
कैलालीमा हाइस र जीप एक आपसमा ठोक्कीएर दुर्घटना

धनगढी : कैलालीमा हाइस र जीप एक आपसमा ठोक्कीएर दुर्घटना भएको छ ।  जिल्लाको गोदावरी नगरपािलका वडा नम्बर ४ तेघरी नजिक दुर्घटना भएको हो । 

आइतबार बिहान अत्तरीयाबाट डडेल्धुरा तर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ख २६२३ नम्बरको हाइस र विपरित दिशाबाट आइरहेको ग १ च ७९६३ नम्बरको टाटासफरी एक आपसमा ठोक्कीएर दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

हाइसमा सवार डोटीको शिखर नगरपालिका  ११ गोपघाट बस्ने ४८ वर्षीया राखी धामी, सोही ठाउँका १६ वर्षीय लाल बहादुर धामी, डडेल्धुराको अमरगढी नगरपालिका ११ बस्ने ६० वर्षीया धर्मा धामी र धनगढी उपमहानगरपालिका ५ तारानगरकी ४३ वर्षीय लक्ष्मीदेवि जोशी घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

यस्तै टाटा सफारी गाडीमा सवार ललीतपुरको महालक्षमी नगरपालिका ८ की ४८ वर्षीया निर्मला थापा, २७ वर्षीय निसा थापा, २९ वर्षीय नितु थापा, ३६ वर्षीय विजय शाह र दैलेखको महावु गाउँपालिका ३ बस्ने २६ वर्षीया कृष्णा विष्ट घाइते भएका छन् । 

उनीहरु सबैको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये धनगढीकी लक्ष्मी देवि जोशिलाई थप उपचारका लागि मायामेट्रो अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 


 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo