KhabarUjyalo

नयाँ प्रजातिको ‘यूके भेरियन्ट’ कोरोना तीन गुणा बढी शक्तिशाली : डा. पुन

५ बैशाख २०७८, आईतवार
नयाँ प्रजातिको ‘यूके भेरियन्ट’ कोरोना तीन गुणा बढी शक्तिशाली : डा. पुन

काठमाडौं । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले कोरोना भाइरसको नयाँ प्रजाति तीन गुणाभन्दा बढी गतिमा फैलिनसक्ने क्षमता भएकोले लापारवाही नगर्न सुझाव दिएका छन् ।

संवाद डबलीले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै डा पुनले ‘यूके भेरियन्ट’ प्रजातिको कोरोना यसअघिको भाइरसभन्दा तेब्बर गतिमा फैलिनसक्ने बताए । उनले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरे ।

यसअघिका कमजोरीबाट शिक्षा लिँदै विशेष सतर्कता नपनाए नियन्त्रणबाहिर जान सक्ने बताए । उनले नयाँ प्रजातिले बेलायतमा पहिलोको भाइरस एक वर्षमा फैलिए जति तीन महिनामै पुगेको बताए ।

आफूहरुले केही समय पहिले काठमाडौं कोरोनाको नयाँ ‘हट स्पट’ बन्‍ने भन्दा विरोध भएको सम्झँदै डा पुनले यस्तै अवस्था रहे अवस्था गम्भीर हुने बताए । भारत र तराईबाट काठमाडौं पसेका व्यक्तिहरु खुलमखुलारुपमा हिँडडुल गरिरहनु खतराको घण्टी भएको उनको भनाइ थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo