KhabarUjyalo

सुदूरपश्चिममा धनगढीका १८ सहित ३१ कोरोना संक्रमीत थपिए

४ बैशाख २०७८, शनिबार
सुदूरपश्चिममा धनगढीका १८ सहित ३१ कोरोना संक्रमीत थपिए

धनगढी : धनगढीका १८ जनासहित ३१ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा ८९ जनाको गरिएको परिक्षणमा धनगढीका १८ सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

धनगढीउपमहानगरपालीका ११ पुरुष र ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

घोडाघोडी नगरपालिका ३ जना,भजनी नगरपालीकाका २ जना,गोदावरी नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि रहेका छन् । यस्तै कैलालीको गौरीगङ्गा नगरपालिका कञ्चनपुरको बेदकोट नगरपालिका,कृष्णपुर नगरपालिका र बाजुराका १/१ जना पुरुषमा कोरोना पोजेटिभ देखीएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo