KhabarUjyalo

स्काभेटरले किच्दा एक जनाको मृत्यु

४ बैशाख २०७८, शनिबार
स्काभेटरले किच्दा एक जनाको मृत्यु

काभ्रे, वैशाख ४ गते । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका दाप्चा खोलामा स्काभेटरले किच्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले नमोबुद्ध नगरपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने दाप्चा खोलामा स्काभेटरले किचेर नमोबुद्ध ७ का प्रकाश खनालको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्दाजी ३५ वर्षीय खनाललाई दाप्चा खोलामा निर्माणाधीन पुल नजिकै फसेको टिपर निकाल्न गएको स्काभेटरले किचेको थियो । खनाल निर्माण व्यवसायी समेत हुन् । शनिवार विहान स्काभेटरले किचेपछि उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो । खनाललाई अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिनुभयो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo