काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा सभामुखविरुद्ध गम्भीर आरोप लगाएका छन् । उनले सभामुख अग्नीप्रसाद सापकोटाले संसदमा अनैतिक काम गरिरहेको आरोप लगाएका हुन् । संसदमा सभामुख सापकोटाले काम गर्न नदिएको भन्दै आक्रोश पोख्दै वर्तमान संसदले राजनीतिक निकास नदिने प्रधानमन्त्रीले बताएको बैठकमा सहभागी राप्रपा नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।
“बैठकमा प्रधामन्त्रीले संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेको भन्ने शब्द प्रयोग गर्नुभयो,” नेता लोहनीले भने, “कोरोना नियन्त्रणका विषयमा हामीले ६/७ बुँदामा सुझाव दियौं ।” बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता बालकृष्ण खाँड, विमलेन्द्र नीधि तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीलगायत नेता सहभागी भए ।