KhabarUjyalo

सीसीएमसीको बैठक आज बस्दै,शैक्षिक संस्था बन्द गर्न सरकारलाई चौतर्फी दबाब

४ बैशाख २०७८, शनिबार
सीसीएमसीको बैठक आज बस्दै,शैक्षिक संस्था बन्द गर्न सरकारलाई चौतर्फी दबाब

काठमाडौं । शैक्षिक संस्था बन्द गर्न चौतर्फी दबाब जारी रहँदा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्दैछ ।

बैठकमा कोरोनाको नयाँ प्रजातिको समुदायस्तरमै फैलिएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम कम गर्नेबारे छलफल हुने जनाइएको छ ।

संक्रमण दर उकालो लागिरहेको परिस्थितीमा सीसीएमसीले केही महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ । स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई संवेदनशिल क्षेत्रको रुपमा घोषणा गर्दै ती क्षेत्रका बिद्यालय र भीडभाड हुने ठाउँ बन्द गर्न भनिसकेको छ ।

राष्ट्रिय सभाको संसदीय समितिले पनि तत्काल बन्द गर्न सरकारलाई शुक्रबार निर्देशन दिएको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo