KhabarUjyalo

सेती अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

४ बैशाख २०७८, शनिबार
सेती अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत एक पुरुषको शनिबार मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कंचनपुरको बेदकोटनगरपालिकाका १० का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ।
उनलाई शुक्रबार भेन्टिलेटरमा राखेर उपचार भैइरहेको थियो। उनको शव व्यवस्थापनको लागि नेपाली सेनासँग समन्वय भइरहेको अस्पतालले जनाएको छ। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo