KhabarUjyalo

प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै

४ बैशाख २०७८, शनिबार
प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक विषयमा छलफल गर्ने तयारी छ ।

बैठकमा हिउँदे अधिवेशनबारे पनि छलफल हुनेछ । दलका नेताहरुबीच तिक्तता बढेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आव्हान गर्नुभएको हो । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo