KhabarUjyalo

कोहलपुरमा बस दुर्घटना, ५ जनाको मृत्यु,४२ घाइते

३ बैशाख २०७८, शुक्रबार
कोहलपुरमा बस दुर्घटना, ५ जनाको मृत्यु,४२ घाइते

सुर्खेतबाट धरान जाँदै गरेको यात्रुबहाक बस बाँकेको कोहलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। अन्य ४२ जना घाइते भएका छन्।

प्रहरीका अनुसार सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस बाँकेको कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डीएसपी रवीन्द्र खनालले जानकारी दिए।

खनालका अनुसार मृतकको सनाखत हुन बाँकी छ। उद्धार गरिएका ४२ घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo