KhabarUjyalo

बजार बिक्री प्रतिनिधि संघद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान तथा भितेपात्रो बिमोचन

३ बैशाख २०७८, शुक्रबार
बजार बिक्री प्रतिनिधि संघद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान तथा भितेपात्रो बिमोचन

धनगढी : धनगढीमा नेपाल बजार बिक्री प्रतिनिधि संघ धनगढी शाखाले नया बर्ष २०७८ सालको शुभकामना आदान प्रदान तथा भितेपात्रो बिमोचन गरेको छ ।
शुक्रवार धनगढीमा एक कार्यक्रमको आयोजना गरि नया बर्ष २०७८ सालको शुभकामना आदान प्रदान तथा भितेपात्रो बिमोचन गरेको हो ।

नेपाल बजार बिक्री प्रतिनिधि संघ धनगढी शाखाका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा भएको उत्त कार्यक्रममा प्रमुख अतिथी नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रिय उपाध्यक्ष तथा सुदुर पश्चिम प्रदेश ईन्चार्ज धुर्बराज कार्की, अतिथिमा केन्द्रिय सदस्य डम्बर ठकुल्ला ,केन्द्रिय सदस्य जनक ढकाल ,केन्द्रिय सदस्य रमेश भट्ट रहनु भएको थियो । कार्यक्रममा नव बर्षको शुभकामना आदानप्रदान गरि भित्तेपात्रो बिमोचन गरेका थिए ।
कार्यक्रम संचालन संघका प्रदेश कमिटी सदस्य सुशील पौडेलले गर्नु भएको थियोे ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo