धनगढीः सुदूरपश्चिममा थप ३१ जनामा संक्रमण पुस्टि भएको छ।
शुक्रबार सेती प्रादेशिक अस्पतालमा ६६ जनाको नमूना परिक्षण गर्दा ३१ जनामा संक्रमण पुस्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिकाका २५ जना, घोडाघोडी नगरपालिकाका २ जना, यस्तै टीकापुर नगरपालिका र चुरे गाउँपालिकाका १/१ जना रहेका छन्।
यस्तै डोटी र कञ्चनपुरका समेत १/१ जनामा संक्रमण पुस्टि भएको छ।