KhabarUjyalo

चट्याङ्ग लागेर तीन जनाको मृत्यु

३ बैशाख २०७८, शुक्रबार
चट्याङ्ग लागेर तीन जनाको मृत्यु

काठमाण्डाै – चट्याङ्ग लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा गरि तीन जनाको ज्यान गएको छ ।

हिजो बेलुका परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका-२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको धौलागिरी अस्पताल बाग्लुङमा  उपचारका क्रममा राति १० बजे ज्यान गएको हो । प्रहरीका अनुसार गोठमा भैँसीको दूध दुहुँदै गर्दा उनलाई चट्याङ्ग लागेको थियो । यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका-५ मा पनि चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ ।

घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घाइते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको गण्डकी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यसैबीच, भोजपुरको षडानन्द गाउँपालिका-८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्याङ्ग लागेर ज्यान गएको छ ।

उनलाई पनि घरमै बसिरहेका बेला चट्याङ्ग लागेको थियो ।  

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo