KhabarUjyalo

कोरोनाका कारण एक पत्रकारको मृत्यु

२ बैशाख २०७८, बिहीबार
कोरोनाका कारण एक पत्रकारको मृत्यु

झापा, २ वैशाख (रासस) : कोरोना सङ्क्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उहाँको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो ।

विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किनुभएको थियो । भारतबाट फर्किएलगत्तै बिरामी पर्नुभएका उहाँमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उहाँको गए राति मृत्यु भएको हो । उहाँ विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्था(राधेराधे)मा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आउनुभएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo