KhabarUjyalo

नयाँ बर्षमा नयाँ चप्पल नकिनेको भन्दै बझाङमा एक बालकले गरे आत्महत्या

२ बैशाख २०७८, बिहीबार
नयाँ बर्षमा नयाँ चप्पल नकिनेको भन्दै बझाङमा एक बालकले गरे आत्महत्या

बझाङ : बझाङको थलारा गाँउपालिका ४ डिख्लाका एक बालकले आत्माहत्या गरेका छन् ।  नयाँ बर्षमा लागि  चप्पल किनेर नदिएको भन्दै  ११ वर्षीय  बालक आयुस बिसिले आत्मा हत्या गरेको प्रहरीले जनाएको छ । 

मृतकका आफन्तका अनुसार उनले विसु पर्वका लागी घरमा एक जोर नयाँ चप्पल किनी दिन आग्रह गरेका थिए । मृतकका बुवाले नयाँ किन्न नसकिने बताएका थिय । तर उनले ढिपि गर्न थालेपछि  बुबा मोहन चप्पल किन्न बजार गएका थिए ।

मोहन घर फर्किने बेला सम्म बालकले झुन्डिएर आत्महत्या गरिसकेको प्रहरीले जनाईएको छ । बुधबार बेलुकी रायल प्राथमिक स्वास्थ्य केन्द्रमा मृतक बालकको पोस्टमार्टम गरिएको र घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव निरिक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo