KhabarUjyalo

सांसद झपट रावलको घरमा ढुंगा हानेको आरोप एक जना पक्राउ

२ बैशाख २०७८, बिहीबार
सांसद झपट रावलको घरमा ढुंगा हानेको आरोप एक जना पक्राउ

काठमाडौं । नेकपा एमालेका सांसद झपट रावलको घरमा ढुंगा हानेको आरोपमा एक जना पक्राउ परेका छन् । अर्का एक जना फरार रहेको बताइएको छ ।
बिहीबार राज्य व्यवस्था समितिको बैठकमा सांसद रावलले बुधबार राति आफू बसेको घरमा ढुंगा हानिएको बताएका थिए । उनले त्यो बेला १०० मा फोन गर्दा समेत नउठेको बताउँदै महानगरीय प्रहरी परिसर, काठमाडौंमा फोन गरेपछि ४५ मिनेटपछि मात्र प्रहरी आइपुगेको उनले बताएका थिए ।
घटनामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले २२ वर्षका मनोज तामाङलाई पक्राउ गरेको छ । रामेछाप घर भई गठ्ठाघर बस्दै आएका उनीसँगै नसिन लिम्बुले राति सांसद रावल बसेको घरमा ढुंगा हानेको आरोप छ ।
तामाङका अनुसार उनीहरुले रावल बसेको घर अगाडि मोटरसाइकल पार्किङ गर्ने गरेका थिए । तर, घरबेटीले पार्क नगर्न भनेको र बुधबार राति हावा खुस्काइदिएपछि ढुंगा हानेको तामाङले बताएको एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo