धनगढी : महानायक राजेश हमाल धनगढीमा ट्याक्टरमा देखिएका छन् । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक टाफे ग्रुपको मेसि परगुसन कम्पनीको ट्याक्टरको सोरुमको उद्घाटन गर्न बिहिवार धनगढी आएका हुन् ।
भारतको प्रख्यात टाफे ग्रुपको मेसि कम्पनीको ट्याक्टर पहिलो पटक सुदूरपश्चिममा सोरुम संचालनमा ल्याएको प्रबन्ध निर्देशक सुरज सिंहले बताए । प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, बिशिस्ट अतिथी महानायक राजेश हमाल र अन्तरास्ट्रिय सफटेनिस संघका अध्यक्ष बिनय बिक्रम शाहले उद्घाटन गरिएको प्रबन्ध निर्देशक सिंहले बताए । यस्तै उद्घाटन कार्यक्रममा टाफे लिमिटेडका रिजनल मेनेजर,असिस्टेन्ट एरिया मेनेजर,सिनियर इन्जिनियर लगायतको सहभागी रहेको उनले बताए ।
मेसि परगुसन ट्याक्टर कृषि र निर्माणमा अत्यधिक उपयोगी, डिजेल र समयको बचत रहेको प्रबन्ध निर्देशक सिंहले बताए । बजारमा टाफे ग्रुपको मेसि फरगुसन कम्पनीको ७२५० को तीन वटा मोडल,९००० को एक मोडल र ९५०० को दुई वटा मोडल रहेको छ । ७२५० मोडलमा नर्मल स्टिरिङ्ग २५०० सिसि,पावर स्टिरिङ्ग २५०० सिसि र पावर अप २६०० सिसि रहेको छ । ९००० मोडल २७०० सिसि ,९५०० मोडलमा नर्मल र ४५ 4WD ट्याक्टर रहेको हिरण्य ब्रदर्स इन्टरप्राईजेज प्रालीले जनाएको छ । उद्घाटन गर्नुभन्दा अगाडि ग्राहक भेटघाट कार्यक्रम तथा मेघा फ्री सर्भिसिंग क्याम्प राखेको थियो ।
यो क्षेत्रका कृषक, निर्माण कम्पनीले मेसि परगुमन कम्पनीको ट्याक्टर सुदूरपश्चिम प्रदेशको आधिकारिक बिक्रेता हरण्य ब्रोदर्स इन्टरप्राईजेज प्रालिबाट सहज रुपमा खरिद गर्न सक्ने हरण्य ब्रदर्स इन्टरप्राईजेज प्रालिले जनाएको छ ।