KhabarUjyalo

नर्सिङ कलेजका २२ छात्रामा कोरोना पुष्टि

२ बैशाख २०७८, बिहीबार
नर्सिङ कलेजका २२ छात्रामा कोरोना पुष्टि

वीरगन्जको बिर्तास्थित चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको नर्सिङ क्याम्पसका २२ छात्रामा कोरोना संक्रमण भएको छ ।

नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासका अनुसार आइतबारदेखि मंगलबारसम्म २२ छात्रामा कोरोना पुष्टि भइसकेको छ ।

डा. दासका अनुसार जिल्लामा तीन दिनमा ९६ संक्रमित थपिएका छन् । नारायणी अस्पतालमा गरिएको परीक्षणमा आइतबार ६० जनाको स्वाब परीक्षण गर्दा २८ जना, सोमबार ९५ जनाको परीक्षणमा ४० र मंगलबार ७९ जनाको परीक्षणमा २८ जनामा कोरोना देखिएको हो । यसबाहेक यहाँस्थित नेपाल–भारत सीमामा गरिएको परीक्षणबाट बुधबारसम्म १० जना संक्रमित भेटिएका छन् ।

बस्तीको बीचमा रहेको उक्त क्याम्पसका छात्राहरू दैनिक बजार र अस्पतालसम्म पुग्ने गरेकाले समुदायमा संक्रमण फैलन सक्ने डर बढेको छ । सामाजिक अभियन्ता प्रकाश थारू स्कुल कलेजमा संक्रमण प्रवेश गरेकाले केही दिनका लागि बन्द गर्नुको विकल्प नरहेको बताउँछन् ।

‘यस पटक बालबालिकामा संक्रमण बढी देखिएको छ, उनीहरूलाई पढाइको नाममा अझै पनि स्कुल आउन बाध्य गरिएको छ,’ उनले भने, ‘स्कुले बालबालिकाबाट घरघरै कोरोना संक्रमण पुगे स्थिति भयावह हुन सक्छ ।’, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo