KhabarUjyalo

आजको मौसम पूर्वानुमान : चट्याङसहित वर्षाको सम्भावना

२ बैशाख २०७८, बिहीबार
आजको मौसम पूर्वानुमान : चट्याङसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ।

महाशाखाले आज बिहान देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली भइरहेको जनाएको छ । 

यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।   

भने, देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

यस्तै, राति देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने पूर्वानुमान गरेको छ । 

देशका पहाडी भूभागका एक वा दुई  स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo