KhabarUjyalo

टाफे ग्रुपको मेसि कम्पनीको ट्याक्टरको सोरुम उद्घाटन गर्न राजेश हमाल आज धनगढी आउदै

२ बैशाख २०७८, बिहीबार
टाफे ग्रुपको मेसि कम्पनीको ट्याक्टरको सोरुम उद्घाटन गर्न राजेश हमाल आज धनगढी आउदै

धनगढी : महानायक राजेश हमाल टाफे ग्रुपको मेसि फेरगेेशन कम्पनीको ट्याक्टरको सोरुम उद्घाटन गर्न आज धनगढीमा आउदै छन् । धनगढीको राजपुरमा टाफे ग्रुपको मेसि कम्पनीको सुदूरपश्चिमको आधिकारिक बिक्रेता हिरन्य ब्रोदर्स ईन्टरप्राईजेज प्रालिको उद्घाटन गर्न आउने भएका हुन् ।

भारतको प्रख्यात टाफे ग्रुपको मेसि कम्पनीको ट्याक्टर पहिलो पटक सार्वजनिक गर्न लागेको सोरुमका प्रबन्ध निर्देशक सुरज सिंहले बताए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, बिशिस्ट अतिथी महानायक राजेश हमाल र  अतिथिमा नेपाल स्फटेनिसका अध्यक्ष बिनय बिक्रम शाह रहने प्रबन्ध निर्देशक बताए ।

अन्य कम्पनीको ट्याक्टर भन्दा कम तेल खपत हुने कृषि र निर्माणमा अत्यधिक उपयोगी रहेको उनले बताए । उद्घाटन गर्न अघि १७ ट्याक्टरमध्ये १२ बिक्री भईसकेको उनले बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo