KhabarUjyalo

वैशाख ४ गतेबाट १५ देशका रेस्लर काठमाडौमा भेला हुदै, प्रधानमन्त्रीले भेट्ने

३१ चैत्र २०७७, मंगलवार
वैशाख ४ गतेबाट १५ देशका रेस्लर काठमाडौमा भेला हुदै, प्रधानमन्त्रीले भेट्ने

काठमाडौं । रेस्लर तथा कलाकार अस्मिता जुरेलीको समूहले नयाँवर्षको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने भएका छन् ।

यो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । रेस्लर तथा कलाकार जुरेलीका अनुसार प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तानबाट रेस्लरको सहभागिता हुनेछ ।

‘प्रतियोगितामा यी देशका झण्डै १५ रेस्लर सहभागी हुँदैछन् । अहिलेको कोभिडको विषम परिस्थितिमा पनि सुरक्षा उपाय अपनाएर यो प्रतियोगिता सञ्चालन गर्दैछौं’, अस्मिताले भनिन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo