१८ असार २०७९, शनिबार

पोलमा बाँधेर कोदालो र फलामको रडले टाउकोमा हिर्काएर कुकुरको हत्या

३१ चैत्र २०७७, मंगलवार
[Sassy_Social_Share]
पोलमा बाँधेर कोदालो र फलामको रडले टाउकोमा हिर्काएर कुकुरको हत्या

काठमाडौं । धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । घटना चैत १८ मा भएको हो । बिजुलीको पोलमा कुकुरलाई बाँधेर दुईजना पुरुषले कोदालो र फलामको रडले टाउकोमा हिर्काएर कुकुरको हत्या गरेको देखिन्छ ।

सामाजिक सञ्जालमा सो भिडियो अपलोड भएपछि जनावर प्रेमीहरूले कुकुर मार्नेलाई कारवाही गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गरेका छन् । प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ । ‘सडक कुकुरलाई मारेको भनिएको छ’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले भने ‘हामी अनुसन्धान गरिरहेका छौँ ।’

८ वर्षको बालकलाई टोकेपछि उनका आफन्तले कुकुर मारेको भनिएको छ । चैत २९ मा जनावर प्रेमी सिर्जना पञ्जिायर सहिको समूह र बनेपाको नेशनल एनिमल रिसर्च सेन्टरले कुकर मार्नेलाई कारवाही गर्नका लागी प्रहरीमा उजुरी दिएका छन् ।

कुकुरको हत्या गरेको भिडियो भाइरल भएपछि काठमाडौँबाट गएको एउटा समूहले कुकुरले टोकेको बच्चा बस्ने घरमा तोडफोड गरेका छन् । बालकको बुवा विदेशमा छन् । आमासँग बस्ने बालकलाई सो समूहले अमानवीय व्यवहार गर्दै घरको सिसा फुटाएको डिएसपी खतिवडाले बताए ।

‘कुकुर मार्ने मान्छे निकाल’ भनेर बालकलाई अमानवीय व्यवहार गरेर तोडफोडमा उत्रिएपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो । तोडफोड गर्ने समूहबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । कुकुरको हत्या गर्नेलाई ५ हजार जरिवाना र १ महिना कैद हुने कानुनी व्यवस्था छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo