धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत गोदावरी नगरपालिकाका एक जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ।
अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत एक पुरुषको सोमबार विहान मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ। उनीमा आइतबार कोरोना पुस्टी भएको थियो।
जटिल प्रकृतिको स्वासप्रस्वासको समस्या देखिएको उनलाई आइतबार नै अस्पताल भर्ना गरिएको थियो। उनको शव व्यवस्थापनको लागि नेपाली सेनासँग समन्वय भइरहेको अस्पतालले जनाएको छ।