धनगढी :कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेफ हाउसलाई धनगढीका युवा व्यवसायी सुरज सिंहले ३० हजार बराबरको खाद्यान्न सहयोग हस्तान्तरण गरेका छन् ।
आइतबार युवा ब्यवसायी सिंह लगायत युवा सेभ हाउसमै पुगेर खाद्यान्न सहयोग हस्तान्तरण गरेका हुन् ।
युवा ब्यवसायी सिंह धनगढीमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् । बैशाख २ गते कैलालीको राजपुरमा महानायक राजेश हमालबाट समद्घाटन गरेर टाफे ट्रेक्टर्सको आधिकारिक विक्रेता हिरन्य ब्रोदर्स ईन्टरप्राईजेज प्रालि संचालनमा ल्याउन लागेको पनि प्रवन्ध निर्देशक सुरज सिंहले जानकारी दिए ।