२० असार २०७९, सोमबार

कुम्भ मेला स्नानका लागि भारतको हरिद्वार पुगेका पुर्वराजा ज्ञानेन्द्रलाई भब्य स्वागत !

२९ चैत्र २०७७, आईतवार
[Sassy_Social_Share]
कुम्भ मेला स्नानका लागि भारतको हरिद्वार पुगेका पुर्वराजा ज्ञानेन्द्रलाई भब्य स्वागत !

काठमाडाैं । भारतको हरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत गरिएको छ। पूर्वराजा ज्ञानेन्द्र कुम्भमेलामा शाही स्नान गर्न हरिद्वार पुगेका हुन् ।

निरंजन पिठाधिश्वर कैलाशनन्द गिरीसँगै ज्ञानेन्द्रको शाही स्नान हुने जनाइएको छ। सोमबार ज्ञानेन्द्रले शाही स्नान गर्नेछन्। पिठाधिशसँगै स्नान गर्ने बताइएको छ।

भारतमा नेपालका प्रतिनीधिलाई साधु सन्तले यसरी स्वागत गरिएकाे पहिलाेपटक हाे । याे स्वागतलाई भारतीय साधुसन्तले नेपालमा हिन्दु राष्ट्रकाे चाहना राखेकाे पनि कतिपयले विश्लेषण गरेका छन् ।

स्वागतपछि ज्ञानेन्द्रले दक्षिणकालीकाे पूजा-अर्चना गरेका थिए । त्यस्तै पूर्वराजाले भारतमा रहेका नेपालीहरुसँग भेटघाट गर्ने पनि बताइएकाे छ । भारतमा रहेका नेपालीहरुका समस्याबारे पूर्वराजाले चासाे लिएका छन् ।

आज साँझ ज्ञानेन्द्रले दश हजार साधु सन्तका साथ भाेजन गर्नेछन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo