KhabarUjyalo

भाग्यशाली बलबहादुर पुरीले पाए धनगढी हाफ म्याराथनमा सिजिको ४३ इन्चको एलईडि टिभी !

२९ चैत्र २०७७, आईतवार
भाग्यशाली बलबहादुर  पुरीले पाए धनगढी हाफ म्याराथनमा सिजिको ४३ इन्चको एलईडि टिभी !

धनगढी : धनगढीमा नवजीवन धनगढी हाफ म्याराथनमा धनगढीका बलबहादुर पुरीले लक्की ड्रमार्फत सिजि कम्पनीको ४३ इन्चको एलईडि टिभी प्राप्त गरेका छन् । धनगढी जेसिजको आयोजनामा शनिवार ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथनमा सहभागीहरु मध्येबाट गोलप्रथाबाट पुरीले सो पुरस्कार प्राप्त गरेका हुन् । उक्त पुरस्कार धनगढी स्थित चौधरी ग्रुपको विक्रेता न्यू मनिषा इलेक्ट्रोनिक्सले प्रदान गरेको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले हाफ म्याराथनमा सहभागीको राखेको अर्धकट्टि बक्सबाट झिकेका थिए । झिकेको अर्धकट्टि हाफ म्याराथनमा सहभागी ५ बर्षिया युश्राले अर्धकट्टी खोलेकी थिईन ।

बलबहादुर पुरी धनगढी उपमहानगरपालिकाको जाईको एसओएस बालग्राम शाखामा आश्रित बालक हुन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo