धनगढी : बाग्मती प्रदेश सभाका सांसद तथा एमाले नेता केशव स्थापितले नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाको प्रसंशा गरेका छन् । अहिलेको अवस्थामा गगन जस्तो नेताको खाचो भएको र भावी काङ्ग्रेसको सभापतिमा थापा आउनु पर्ने बताए । मुल नेतृत्वमा आएर युवाको प्रतिनिधितब गर्नु पर्ने पनि बताए ।
एक टेलिभिजन कार्यक्रममा गगन थापा कि महेश बस्नेत सोधेको प्रश्नमा स्थापितले गगन थापा भनेका थिए । सत्तापक्षलाई गगन जस्तो खरो प्रतिपक्ष आवश्यक रहेको छ । गगनलाई गगनमा पुर्याउनु पर्छ उनमा अध्ययन,क्षमतावान ब्यक्तित्व भएको स्थापितले प्रसंशा गरे । गगनसङ्ग अरु नेताको तुलना गर्न नमिल्ने पनि बताए ।
यस्तै पटक–पटक गाँजा खेतीलाई बैधानिकता दिनु पर्छ भनेर चर्चामा आउने स्थापितले अब नेपालमा गाँजा खेती बैधानिकताका लागि आन्दोलन गर्नु पर्ने बताएका छन् । २ सय वटा औषधीको रुपमा प्रयोग गर्न सकिने गाँजालाई आम्दानीको स्रोत बनाउने बाटो खुला गनुपर्ने बताए।
नेपालको सबै भू-भागमा हुने गाँजा खेतीबाट करोडौं डलर आम्दानीले गरिबको जीवनस्तर उकास्न मद्दत पुग्ने भएकाले नेपाल गाँजा खेती बैधानिकताका लागि आन्दोलन गर्नु पर्ने जिकिर गरे ।
समृद्ध नेपाल र सुखी नेपालीको नारासहित गाँजा खेतीलाई व्यवस्थित र नियमनकारी निकाय गठन गरेर सरकारले वैधानिकता दिनुपर्ने माग गर्दै बाग्मती प्रदेश सभामा विधेयक दर्ता गरेका थिए।