KhabarUjyalo

भारतबाट आएका १० जनामा कोरोना पुष्टि

२८ चैत्र २०७७, शनिबार
भारतबाट आएका १० जनामा कोरोना पुष्टि

नेपालगन्ज — बाँकेमा भारतको महाराष्ट्रबाट आएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जमुनाहस्थित नाकामा चैत ११ गतेदेखि हालसम्म गरिएको स्वास्थ्य जाँचमा शंकास्पद १०९ जनालाई कोरोना एन्टिजेन जाँच गर्दा १० जनामा कोरोना पुष्टि भएको हो । 

शनिबार बिहान भेरी अस्पताल, नेपालगन्जमा २१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ जनाको कोरोना जाँच गरिएकोमा २१ जनालाई कोरोना देखिएको अस्पतालले जनाएको छ ।

चैतयता कोरोना संक्रमण दर बढ्दै गएको कोरोना फोकल पर्सन तेज वलीले बताए । ‘कोरोना महामारी चलिरहेकाले हामीले जिल्लामा कोरोना टेस्ट रोकेका थिएनौं’, उनले भने,‘केही समययता अस्पतालमा कोरोना टेस्ट गराउने संख्याचाहिँ कम भएकै हो ।’

भारतबाट आएका व्यक्तिमा दैनिकजसो नै कोरोना देखिन थालेको छ । भारतबाट फर्किनेहरुका लागि नाकामा नेपालगन्ज उपमहानगरपालिकाले स्थापना गरेको हेल्थडेस्कमा स्वास्थ्य जाँच गरेरमात्र नाका पार गर्न पाउँछन् । जसमा २ जना ल्याबका स्वास्थ्यकर्मीसहित पाँच जना स्वास्थ्यकर्मी परिचालन गरीएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo