१७ असार २०७९, शुक्रबार

अखिल (छैठौं) डडेल्धुराले जोशीको अध्यक्षमा जिल्ला समिति चयन

२८ चैत्र २०७७, शनिबार
[Sassy_Social_Share]
अखिल (छैठौं) डडेल्धुराले जोशीको अध्यक्षमा जिल्ला समिति चयन

डडेल्धुरा: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) डडेल्धुराको अध्यक्षमा कर्म जोशी चयन भएका छन्। शनिवार डडेल्धुरामा भएको नवौं जिल्ला सम्मेलनले जोशीको अध्यक्षतामा नौ पूर्ण र दुई वैकल्पिक गरी ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा जनक तिमिल्सेना, सचिवमा पवन विष्ट, सहसचिव हिमाल बोहरा र कोषाध्यक्षमा प्रिया ताम्राकार चयन भएका छन्। यस्तै सदस्यहररूमा माया अवस्थी, चिरञ्जीवी तिमिल्सेना, गणेश ऐर तथा वैकल्पिक सदस्यमा खगेन्द्र बुढाऐर र निशा ताम्राकार चयन भएका छन्। सदस्यको एक पद हाललाई रिक्त राखिएको छ।

कार्यक्रममा अखिल (छैठौं)का केन्द्रीय सदस्य हेमराज भट्ट, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर जाग्री, अखिल (छैठौं) का पूर्वकेन्द्रीय सदस्य दिलबहादुर ऐर, पूर्वजिल्ला अध्यक्ष तारा धिक्तलगायत नेताहररूले सम्मेलन सफताको शुभकामना दिए। सम्मेलनपछि बसेको बैठकले आगामी जेठमा हुने संगठनको राष्ट्रिय सम्मेलन तयारीलगायतका विषयमा छलफल गरेको निबर्तमान अध्यक्ष टंक अवस्थीले जानकारी दिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo