२४ मंसिर २०७९, शनिबार

अवरुद्ध पुर्वपश्चिम राजमार्ग सुचारु

२८ चैत्र २०७७, शनिबार
अवरुद्ध पुर्वपश्चिम राजमार्ग सुचारु

कैलाली : मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि कैलालीको स्याउलेमा अवरुद्ध राजमार्ग खुलेको छ । प्रहरीले ठक्कर दिएर भाग्ने मोटरसाइकल र चालकको खोजी गरी आवश्यक कारवाही गरिने बताएपछि राजमार्ग सुचारु भएको कैलाली प्रहरीले जनाएको छ ।
यस अघि बालकलाइ ठक्कर दिएर फरार मोटरसाइकल र व्यक्तिको पहिचान गरी कारवाहीको माग राख्दै मृतक बालकका आफन्तले राजमार्ग अवरुद्ध गरेका थिए । शुक्रबार साँझ गोदावरी नगरपालिका–८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वर्षीय आयुष जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको थियो । मोटरसाइकल चालक भने बालकलाइ ठक्कर दिएर भागेका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo