२१ मंसिर २०७९, बुधबार

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजय

२८ चैत्र २०७७, शनिबार
नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजय

काठमाडौँ– नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वमा विपुल पोखरेलको प्यानल निर्वाचित भएको छ ।

पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा प्रेस युनियनले सिंगै प्यानलमा जित हासिल गरेको हो । अध्यक्षमा विपुल पोखरेलले प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी भोटले पछि पारेका छन् ।

विपुलको जित भएसँगै प्रेस युनियनले उनलाई खादा र माला लगाइदिएर विजयोत्सव मनाइरहेको छ । मत परिणामको औपचारिक घोषणा ५ बजेपछि गर्ने कार्यक्रम छ ।

पछिल्लो परिणामअनुसार प्रेस युनियन प्रेस संगठन तथा माधव नेपाल निकट प्रेस चौतारीसहित ११ संगठन सबै पदमा अगाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार,पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र निर्मला शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको छ । गजेन्द्र बुढाथोकीले १७६ मत प्राप्त गरेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo