काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनैपर्नेमा जोड दिएका छन् । शुक्रबार निजामति कर्मचारी युनियनको राष्ट्रिय भेलालाई सम्बोभन गर्दै उनले ओली सरकारका हटाउनु कांग्रेसको कर्तव्य भएको बताए ।
नेता थापाले भने, ‘हामीले हाम्रो कर्तव्य र धर्म निर्वाह गर्दै गर्दा परिणाम हाम्रो पक्षमा आउँछ कि आउँदैन थाहा छैन । तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्नैपर्छ ।’
नेता थापाले देशलाई निर्वाचन लान आवश्यक रहेको बताउँदै भने, ‘केपी ओलीलाई दण्डित गर्ने कांग्रेसको कर्तव्य र धर्म हो ।’ उनले कांग्रेसले ओलीलाई यसकारण पदच्युत गरेर निर्वाचनमा आएका हौँ भन्न सक्नुपर्ने बताए । निर्वाचनबाट पाँच वर्ष मौका पाउँदै गर्दा के गर्छौँ भनेर औँला भाँचेर भन्न सक्नुपर्ने उनको भनाइ छ ।
उनले आगामी निर्वाचनपछि काँग्रेसले पाँच वर्ष सरकार चलाउने दाबीसमेत गरे । थापाले भने, ‘यो बेहाल अवस्थाबाट कुन विन्दुमा पुर्याउछौँ भन्न सक्नुपर्छ । हामी सरकार बनाउँछौं बनाउँछौं । पाँच वर्ष सरकार चलाउँछौं चलाउँछौँ ।’