१७ असार २०७९, शुक्रबार

बादललाई राष्ट्रियसभा सदस्यबाट हटाइयो, मन्त्री पद पनि गुम्ने

२७ चैत्र २०७७, शुक्रबार
[Sassy_Social_Share]
बादललाई राष्ट्रियसभा सदस्यबाट हटाइयो, मन्त्री पद पनि गुम्ने

काठमाडौं, २७ चैत ।
नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर बादल र सांसद चन्द्रबहादुर खड्कालाई कारवाही गरेको छ। उनीहरुलाई राष्ट्रियसभाको सदस्यबाट हटाइएको छ ।


एमाले प्रवेश गरेकाले बादल र खड्का कारबाहीमा परेका हुन् । दल त्याग गरेकाले माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार उनीहरुलाई कारवाही गरेको हो। माओवादीले दुबै जनाले दल त्याग गरेको सूचना संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरिएको छ।
माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भई सो दलको केन्द्रीय सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) गरिदिन भनेर दल त्यागको सूचना शुक्रवार संसद सचिवालयमा दिएका हुन्। यससँगै बादलको मन्त्री पनि पनि तत्कालका लागि गुम्ने भएको छ । गैरसांसदको हैसियतमा उनी फेरि मन्त्री भने हुन सक्छन् । तर, फेरि सांसद हुन कठिन भएकाले ६ महिनासम्म मात्र सांसद हुन पाउनेछन् ।

दलको नेताका तर्फबाट राष्ट्रियसभाका नेता दिनानाथ शर्माले सूचना बुझाइसकेका छन् । बादल ६ वर्षका लागि राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए भने खड्काको कार्यकाल ४ वर्ष छ। राष्ट्रियसभा बैठक अधिवेशन अन्त्य भइसकेकोले सूचना टाँस गरेर उनीहरुलाई पदमुक्त गरिएको जानकारी गराइनेछ।

यसअघि बिहीवार प्रतिनिधिसभामा बैठकमा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई पदमुक्त गरेको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले गराएका थिए। केपी ओली सरकारमा मन्त्री रहेका प्रत्यक्ष निर्वाचित चारै जनालाई सांसदबाट पदमुक्त गर्न प्रचण्डले मंगलवार संसद सचिवालयमा सूचना दिएका थिए। उनीहरुलाई शुक्रबार नै फेरि मन्त्रीमा सपथ ग्रहण गराउन लागिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo