२० असार २०७९, सोमबार

कराते सहायक प्रशिक्षक स्व. दिपेन्द्रमान श्रेष्ठलाई श्रद्धान्जली अर्पण

२६ चैत्र २०७७, बिहीबार
[Sassy_Social_Share]
कराते सहायक प्रशिक्षक स्व. दिपेन्द्रमान श्रेष्ठलाई श्रद्धान्जली अर्पण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कराते सहायक प्रशिक्षक स्व. दिपेन्द्रमान श्रेष्ठलाई बिहिबार राखेपमा श्रद्धान्जली अर्पण गरिएको छ ।

स्व। श्रेष्ठको तस्विरमा राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य एकेन्द्र कुवर, नन्दा बस्याल, सचिव एवं प्रशासन प्रमुख कुल बहादुर थापा, कर्मचारी प्रशासनका प्रमुख बिनोद कुमार उप्रेतीलगायत कर्मचारीहरुले फुल, माला र अविर लगाई श्रद्धान्जली अर्पण गरेका थिए ।

मुटु, कलेजो र फोक्सोको समेत बिमारी रहेका श्रेष्ठको २३ गते सोमबारका दिन बेलुका निधन भएको राखेपका कराते प्रशिक्षक सन्तोष श्रेष्ठले जानकारी गराए ।

२०३५ साल जेष्ठ १५ गते काठमाण्डौमा जन्मेका श्रेष्ठ २०६६ बैशाख २३ गते मासिक ज्यालादारीमा परिषद्मा नियुक्ति भई २०६८ भाद्र ९ गते देखि करारमा कार्यरत रहेका थिए

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo