KhabarUjyalo

गगन थापाको गर्जन,बाहिर तमासा होईन संसदमा बहसमा आउन प्रधानमन्त्रीलाई चुनौती !

२६ चैत्र २०७७, बिहीबार
गगन थापाको गर्जन,बाहिर तमासा होईन संसदमा बहसमा आउन प्रधानमन्त्रीलाई चुनौती !

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपि शर्मा ओलिलाई बाहिर तमासा होईन संसदमा आएर बहस गर्न चुनौती दिएका छन् । समयमा मेलम्ची ल्याउन नसकेर सरकारले माफी माग्नु पर्नेमा उल्टै प्रधानमन्त्रीले तमासा देखाएर हिंडेको आरोप लगाए । 

आजको प्रतिनिधिसभामा बोल्दै उनले सरकारले जनतालाई झुक्याउँदै  आएको आरोप लगाए । काम सकिएको २ वर्षपछि पुल उद्घाटन गर्ने प्रधानमन्त्रीले विकासका काममा चमत्कार भएको भन्दै हिंडेको उनले आरोप लगाए । संसदबाट भागेका प्रधानमन्त्रीले विकासका काम के के गरे सबै रेकर्ड आफूसँग भएको उनले बताए ।

सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए । उनले अघि भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’

देशका गौरभशाली आयोजना बारे केही छलफल नगर्ने बनेर संचालन आईसकेका आफुले नै बनाए भन्ने गरि उद्घाटन गर्ने गरेको उनले बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo