आजभोलि व्यक्तिगत स्वार्थ मा लिप्त भइरहेका समाचार एवं भ्रष्टाचार का परिदृश्य तपाईं हाम्रो सामु मिडिया मा छ्यापछ्याप्ती आइरहन्छन् । भ्रष्टाचार र व्यक्तिगत स्वार्थ पूर्ति अपराध समेत हो ।तर यसै समाजमा निश्वार्थ गुन लगाइरहने परोपकारी व्यक्ति पनि छन् , त्यसमध्ये का एक हुन् -बैतडि जिल्ला शिवनाथ गा पा घर भइ( महेन्द्रनगर) हाल कोरिया मा रहनुभएका लाल साउद ।उहाँको समाजसेवाको योगदान बारे हामिले पनि प्रेरणा लिनुपर्दछ ।
वि सं २०३४ जेठ ३० गते माता गोबडीदेवी साउदर पिता स्व. जीतसिह साउद को कोखबाट जन्मिनुभएका साउदले प्रारम्भिक शिक्षा श्री नागार्जुन माध्यमिक विद्यालय शर्माली, बैतडीबाट र उच्च शिक्षा त्रिभुवन विश्व विद्यालय (बि ए) शारदा विद्यापीठ महेन्द्रनगर(बि एड) शैक्षिक योग्यता हासिल गर्नुभएको छ ।समाज सेवामा लाग्ने प्रेरणा स्रोत विद्यालयका गुरुवर्ग एवं जुनियर रेडक्रस सर्कलमा आवद्धता पछि लागेको बताउने साउद निम्नानुसार सामाजिक कार्यहरूमा संलग्न रहेको पाइन्छ ।
# श्री नागार्जुन मावि शर्मालिको २ कोठे भवन निर्माण का लागि १८ लाख रुपैयाँ को रकम उठाउन पहलकदमी !!
# सुदूरपश्चिम समाज, कोरिया पद : सहसचिव कार्य अवधि २०७० योगदान : समाजका सबै रचनात्मक कार्यहरूमा आर्थिक,भौतिक,नैतिक सहयोग।
उम्सङ नेपाली समाज, कोरिया पद : संस्थापक कोषाध्यक्ष कार्य अवधि : २०७१ योगदान : विधान लेखन कार्य, भूकम्प २०७२ का पिडीतहरूलाई राहत सहयोग जुटाउन समाजका तर्फबाट नेतृत्वदायी भूमिका र सिन्धुपाल्चोकको तामाङ भीरखर्क, गोरखाको मसेल लगायतका ठाउँमा ६ लाख नेपाली बराबरको राहत सहयोग पठाइएको।
# सुदुरपश्चिम समाज, कोरिया पद : उपाध्यक्ष कार्य अवधि:२०७२ योगदान : भूकम्प पीडितहरूको सहयोगार्थ समाजले चलाएको अभियानमा नेतृत्वदायी भूमिका, कोरिया प्रवासमा नेपाली समुदायको हित र भलाईको पक्षमा समाजले चलाएको अभियानमा सकृयता।#. उम्सङ नेपाली समाज, कोरिया पद : अध्यक्ष कार्य अवधि : २०७२ योगदान : कम्पनी दुर्घटनामा परी ज्यान गुमाउनु भएका नेपालीको स्मृतिमा श्रद्धाञ्जली सभा, उम्मङ प्रहरीको समन्वयमा नियमित बजार सरसफाई आदि।
# सुदुरपश्चिम समाज, कोरिया पद : अध्यक्ष कार्य अवधि :२०७५ योगदान/कार्य :- रूखबाट लडी एउटा खुट्टा गुमाएकी कंचनपुर बेल्डाँडीकी चौध वर्षीय अनिता चौधरीलाई रू २ लाख १हजार ७७४ सहयोग ।- क्यान्सर पीडित सीतादेवी सिह(बझाङ्ग)लाई सहयोग रू १ लाख ७२ हजार (ईन्द्रेणी कार्यक्रममा हस्तान्तरण)।- क्यान्सर पीडित क्षेत्रीय खेलाडी केशवसिहको उपचार सहयोगार्थ रू १लाख ३७ हजार सहयोग ।- सेती महाकाली साँगीतिक सौगात भाग ३’को आयोजना गरी कार्यक्रमबाट बचत करीब रू १६लाख नेपाली रकम सुदूर पश्चिमका पहाडी ७ जिल्लाका विभिन्न ठाउँमा क्षेत्रको शिक्षा र स्वास्थ्यमा सहयोग हस्तान्तरण (२०१९/२०२०)।
# नेपाल जुनियर रेडक्रस सर्कल श्री नागार्जुन माध्यमिक विद्यालय पद : अध्यक्ष कार्य अवधि : २०४९ योगदान/ कार्य : – जिल्ला स्तरीय प्राथमिक उपचार तथा तालीम, गोष्ठी । – समुदायमा समय समयमा नि:शुल्क औषधि वितरण।
#श्री नागार्जुन वातावरण अध्ययन तथा सामाजिक विकास मंच , शर्माली पद : सचिव कार्य अवधि : २०५४-०५५ योगदान : स्थानीय मौलिक भाषा, कला र साहित्यको उत्थानका लागि नाटक, साँस्कृतिक कार्यक्रम प्रस्तुती, हस्तलिखित पाकिक भित्ते पत्रिकाको प्रकाशन।
# श्री त्रिवेणी जनचेतना समाज, कंचनपुर पद : सहसचिव कार्य अवधि : २०५८-०६० योगदान/कार्य : संस्थाका बैठक माइन्युट अभिलेखन, महाशिवरात्रि पर्वमा ” पानी पियाऔं ” लगायत सबै रचनात्मक कार्यमा सहभागिता।# विद्यालय व्यवस्थापन समिति, श्री सत्यवादी मा वि, वनगाउँ पद : अध्यक्ष कार्य अवधि : २०६५ -२०६८ योगदान/कार्य : – विद्यालयको भौतिक पूर्वाधार विकासमा चार कोठे भवन निर्माण मा चन्दा सहयोग संकलन। – शैक्षिक गुणस्तर उकास्नका लागि प्रयास। – वार्षिकोत्सव मनाउने कार्यक्रम सुरु गरी संस्थापकज्युहरूलाई सम्मान तथा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउन साँस्कृतिक गीत, नृत्य, प्रहसन प्रस्तुति।
भविष्यमा पनि उहाँ को यस्तो प्रकारको सत्प्रयास को निरन्तरता को कामनासहित समाजसेवामा लागिरहन अझै उर्जा मिलोस् – शुभकामना !!!
शिवराज कलौनी, भिमदत्त नपा कंचनपुर