१७ असार २०७९, शुक्रबार

एउटै विद्यालयका आठ विद्यार्थीलाई कोरोना संक्रमण

२५ चैत्र २०७७, बुधबार
[Sassy_Social_Share]
एउटै विद्यालयका आठ विद्यार्थीलाई कोरोना संक्रमण

बागलुङ । बागलुङ बजारको एक विद्यालयका आठ जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा मंगलबार बागलुङ नगरपालिकाको एक विद्यालयका आठजना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै छात्रा रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । एकै विद्यालयका १८, २८, १७, १७, १९, १८, १९ र २३ वर्षीया छात्राहरुलाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

संक्रमितहरु छ जना होस्टेलको आइसोलेसन र दुई जना होम आइसोलेसनमा रहेको प्रमुख खनालले बताउनुभयो । उहाँले दुई जना विद्यार्थीलाई कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण देखिएपछि अन्य लक्षण देखिएका छ जना विद्यार्थीको पनि स्वाब परीक्षण गर्दा उनीहरुलाई पनि संक्रमण पुष्टि भएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo