धनगढी : सन् २०१४ देखि हरेक बर्ष धनगढी जेसिजले गर्दै आएको ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथन २०२१ मा सहभागी हुन धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले सबैमा आग्रह गरेका छन् ।
मंगलबार बोलन्या थलीको सेटमा बोल्दै अध्यक्ष पनेरुले सके दौडौं,नसके हिडौं भन्ने नारासहित २०७८ सालको पुर्वसन्ध्यामा चैत २८ गते नवजीवन धनगढी हाफ म्याराथन हुन लागेकोले सहभागी हुन आग्रह गरेका छन् । अघिल्लो पटक कोरोना भाईरसका कारण हुन नसकेको धनगढी जेसिजका अध्यक्ष पनेरुले बताए ।
म्याराथन ४ वटा विधामा रहेको पहिलो २१.१ किमि खुला दौड जसअन्तरगत प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितियलाई ३३ हजार तिन सय ३३ र तृतियलाई २२ हजार दुई सय २२ नगद पुरस्कार दोस्रो कर्पोरेट मिडिया तर्फको ५ किमि दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितियलाई तिन हजार तिन सय ३३ र तृतियलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको उनले बताए ।
यस्तै तेस्रो महिला तर्फ ५ किमि दौडमा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतियलाई पाँच हजार पुरस्कार छ भने चौथो बिधामा अपांगतालाई ट्राइ साईकलतर्फ पनि सहभागीलाई पुरस्कृत गरिने बताए । प्रतियोगिताको नवजीवन सहकारी मुख्य प्रायोजक रहेको छ । मुख्य प्रवर्द्धक धनगढी उपमहानगरपालिका,जेसिस इग्लिस बोर्डिङ,रेडक्रस कार्यालय धनगढी,कैलाली जिल्ला खेलकुद,रोयल सुज,एक्सिस स्कुल रहेको बताए ।
हस्पिटल पाटनरमा कैलाली हस्पिटल,निसर्ग हस्पिटल र माया मेट्रो हस्पिटल रहेको उनले बताए । प्रतियोगिता सहयोगीमा लक्ष्मी सहकारी,एभरेस्ट बैंक,सानिमा बैंक,पन्चकन्या ग्रुप,बिएसजी ट्रेड कन्सर्न रहेको बताए ।
यसबर्ष सिजि कम्पनीले सहभागी हुने मध्येबाट एउटा भाग्यमानीलाई गोलाप्रथाबाट सिजि कम्पनीको ४३ इन्चको एलईडी टिभी प्रदान गर्ने पनि अध्यक्ष पनेरुले बताए ।