KhabarUjyalo

१४ महिलाले खुल्ला तर्फबाट ईन्सपेक्टरमा नाम निकाल्न सफल !

२४ चैत्र २०७७, मंगलवार
१४ महिलाले खुल्ला तर्फबाट ईन्सपेक्टरमा नाम निकाल्न सफल !

धनगढी : नेपाल प्रहरी अधिकृतमा पछिल्लो समय महिलाको  संख्या बढ्दै गएको छ । प्रहरी संगठनको नेतृत्वमा महिला पुग्न सकेका छैनन् तर २०७७ को प्रहरी निरीक्षक पदमा खुल्ला तर्फबाट १४ जना महिलाले नाम निकाल्न सफल भएका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरी अतिरिक्त महानिरीक्षकहरूले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनिहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सोही प्रतियोगिताद्वारा नवनियुक्त भएका खुलातर्फका ३६ जना प्रहरी निरीक्षकहरुलाई नियुक्तिपत्र समेत प्रदान गरेका थिए।

खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पद विभागीयतर्फका १ सय १३ जना र खुल्ला तर्फ ३६ जना गरी कुल १ सय ४९ जना प्रहरी निरीक्षक उत्तीर्ण भएका मध्ये १४ जना महिला रहेका छन् । गृहमन्त्रालयले २०७७ चैत १७ गतेको निर्णयले चैत १८ गतेदेखि लागू हुने गरी उर्तिणहरुलाई नियुक्त गरेका छन् । २०७६ माघ १ गते सूचना प्रकाशन गरी २०७७ चैत ८ गते अन्तिम नतिजा प्रकाशन गरिएको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo