KhabarUjyalo

कैलालीमा प्रहरी र भारतीय तस्करबीच दोहोरो गोली हानाहान !

२३ चैत्र २०७७, सोमबार
कैलालीमा प्रहरी र भारतीय तस्करबीच दोहोरो गोली हानाहान !

धनगढी : नेपाल-भारत सीमा क्षेत्रमा तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । कैलालीको जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ मोरियाघाट नजिकमा नेपाल प्रहरी र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।

भारतीय लागूऔषध तस्करले नेपाल प्रहरीमाथि गोली चलाएपछि नेपाल प्रहरीले गोली चलाएको हो । दोहाेरो भिडन्तमा परि भारतको लखिमपुर खिरी जिल्ला तिकुनिया ग्रामपञ्चायत रणनगरका ४० वर्षिय दिल्लु सिँह घाइते भएका छन् । बिस्तृत विवरण आउन बाकी छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo