डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाको वार्ड नम्बर ३ र ४ पर्ने जगन्नाथ मन्दिरमा प्याराफिटको शिलान्यास गरिएको छ । आइतबार गाउपालिकाका अध्यक्ष उमेश भट्ट विकासले प्याराफिटको शिलान्यास गरेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको २० लाख र २ लाख ५४ हजार श्रमदानमा ४५ मिटर लामो र ३७ इन्च उचाई भएको प्याराफिटको गाउँपालिका अध्यक्ष उमेश भट्ट विकासले शिलान्यास गरिएको जगन्नाथ युवा क्लबका अध्यक्ष तारा दत्त भट्टले जानकारी दिए ।
प्याराफिट निर्माणका लागि प्रदेश सरकार र डडेल्धुरा जलाधारबिच सम्झौता भएको थियो ।